Logo

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत नदिए सरकारबाट बाहिरिन्छौं : प्रेम आले



काठमाडौं, २४ बैशाख । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकमा आगामी बजेट, सरकारको कामकारबाही र सुदूरपश्चिम प्रदेश सरकारको विषयमा छलफल भएको छ । अध्यक्ष माधव नेपालको अध्यक्षतामा आज अपरान्ह नयाँ बानेश्वरमा बसेको बैठकमा सरकारको कामकारबाहीको विषयमा अलिक बढि समिक्षा भएको थियो ।

सांसद प्रेम आलेले समसामयिक विषयमा छलफल भएको जनाए । जनता समाजवादी पार्टी नेपाल विभाजन भएको भोलिपल्टै अध्यक्ष माधव नेपालले बैठक बोलाएका हुन् । आलेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई एमालेले विश्वासका मत नदिए केन्द्र सरकारबाट बाहिरिने निर्णय गरेको जनाए । आजको छलफल बजेट, नीति तथा कार्यक्रमको विषयमा बढि केन्द्रित भएको उनको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot