Logo

स्वास्थ्यमा समस्या देखिएपछि प्रकाशमान सिंह थप उपचारको लागि दिल्ली प्रस्थान्



काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह स्वास्थ्यमा समस्या आएपछि थप उपचारको लागि नयाँ दिल्ली प्रस्थान् गरेका छन् ।

वीर अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार नै सिंह थप उपचारको लागि भारत गएका हुन् । विमानस्थलमा सिंहसहित उनका परिवारका सदस्यहरु पनि सँगै देखिएका छन् । उनलाई के रोग लागेको हो भन्ने खुलाईएको छैन् ।

सिंहका सहयोगी युपी लामिछानेले फेशबुकमा लेखेका छन्–

स्वास्थ्यमा केही समस्या देखिएपछि वीर अस्पताल तथा अन्य अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरको सल्लाहअनुसार नेपाल बाहिरनै जान सुझाएपश्चात् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भर्खरै भारतको नयाँदिल्लीमा थप स्वास्थ्य परीक्षणको लागि जानुभएको कुरा सम्बन्धित सबैमा जानकारी गराउँदछु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot