Logo

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष मोरले लिए शपथ



काठमाडौं, १२ बैशाख । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष ऋषिरा मोरले पद तथा गोपनियताको शपथ लिएका छन् ।

उक्त कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समुहको तर्फबाट निर्विरोध रुपमा निर्वाचित ऋषिराज मोरलाई गत चैत्र १९ गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।

कम्पनीका अध्यक्ष ऋषिराज मोरले आज (बुधबार) नेपाल बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । उक्त शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्रधिकरणका पदाधिकारीहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी.को समेत उपस्थििित थियो ।



प्रतिक्रिया दिनुहोस्