Logo

आज मनमोहन अधिकारीको २५ औं स्मृति दिवस, विविध कार्यक्रम गरिँदै



काठमाडौं, वैशाख ३ । आज नेपालको वाम लोकतान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ ।

प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीसमेत रहेका उनको स्मरणमा आज नेकपा एमाले लगायतका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरु गर्दैछन् । अधिकारीको जन्म १९७८ सालमा काठमाडौंमा भएको थियो भने २०५६ वैशाख १३ गते निधन भएको थियो । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए ।

नेता अधिकारीको स्मरण गर्दै आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी जीवनगाथाको विमोचन गर्ने कार्यक्रम रहेको छ। साथै ज्येष्ठ नागरिक देश दर्शन २०८१ को शुभारम्भ कार्यक्रम शुरुवात गर्ने कार्यक्रम रहेको छ ।

नेता अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कामहरु चर्चित छन् । उनको नेतृत्वको सरकारले वृद्ध भत्ता वितरण गर्न सुरु गरेको थियो भने आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम ल्याएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot