Logo

डेढ किलो सुन र करिब डेढ करोड नगदसहित ७ जना काठमाडौंबाट पक्राउ



काठमाडौं,१४ वैशाख । काठमाडौँमा प्रहरीले डेढ करोड रुपैयाँ र करिब एक किलो सुनसहित ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाा नगद बरामद भएको छ ।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-३ टाँटेका ४७ वर्षीय गणेशदत्त बढु, २१ वर्षीय आयुष बडु, भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश बिभुते, १८ वर्षीइ गणेश सतिश बाल्टे, झापाको बिर्तामोड नगरपालिका३ का ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot