Logo

इलाम–२ : खड्का र नेम्वाङले गरे मतदान



काठमाडौं, वैशाख १५ । इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का र नेकपा (एमाले)का तर्फबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले मतदान गरेका छन्। उनीहरूले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

एमालेका उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको हो। एमालेले सुवासको छोरा सुहाङलाई उम्मेदवार बनाएको छ भने खड्का पनि यस अगाडि सुवाससँगको प्रतिस्पर्धामा पराजित भएका थिए।

४२ वडा रहेको इलाम क्षेत्र नम्बर२ मा १ लाख १५ हजार ८ सय ७९ मतदाता छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् । निर्वाचनका लागि ७९ मतदानस्थल तोकिएका छन्। यी मतदान स्थलमा १४९ मतदान केन्द्रमा मतदान गराउने तयारी भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान आज बेलुका ५ बजेसम्म सञ्चालन हुने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot