Logo

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते



कास्की, वैशाख १६ । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिवार साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ ।

ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए। बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।

घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ ७स्३० बजेतिर दुर्घटनामा परेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot