Logo

सांसद सुनिल शर्माको लोभलाग्दो समाजसेवा, केएमसीको जम्बो टोली लिएर बाजुरामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन



काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा सामाजिक सेवामा सक्रिय भएका छन् । उनी आफ्नो लगानी रहेको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड केएमसीको स्वास्थ्य टोली लिएर बाजुरा पुगेका छन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएका सांसद शर्मा आज (आइतबार) बाजुरा पुगेका हुन्। शर्माको उपस्थितिमा आज बाजुराको स्वामीकार्तिक गाउँपालिका र हिमाली गाउँपालिकाको आयोजनामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १४ सय ७५ जना बिरामीले शिविरबाट लाभ लिएका हुन् ।

केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले उक्त शिविरमा आएका बिरामीमध्ये ११७ जनाको ईसीजी, २१३ जनाको ल्याब परीक्षण र १६६ जनाको भिडियो एक्सरे गरिएको जानकारी दिए । साथै, ७८ जनाको ईको गरिएको थियो । शिविरमा आएका बिरामीमध्ये ११४ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । उनीहरुको केएमसीमा सम्भव सबै उपचार निःशुल्क गरिने उनको भनाई छ ।

स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत रोकायाको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा सांसद शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजसेवाी सुभाष पोख्रेल, केएमसीका महाप्रबन्धक दाहाल, पूर्व सांसद रीता शाही, पूर्वमन्त्री जनकराज गिरी र कमल बुडाले मन्तव्य राखेका थिए ।

अब केएमसीको स्वास्थ्य टोली लिएर सांसद शर्माले यही बैशाख १७ गते हुम्लाको सर्केघाट, बैशाख १९ गते मुगुको गमगढी र २१ गते कालिकोटको नाग्मामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछन् । शिविरमा ठूलो रोग जस्तैः मुटु, मिर्गौला, पाठेघरसहित स्त्रीरोग, नाक, कान, घाँटीलगायतको शल्याक्रिया गर्नुपरे विपन्न र असहाय विरामीलाई काठमाडौं लगेर निःशुल्क उपचार गराइनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot