Logo

श्रीलङ्कामा सन् २०२० देखि मृत्युदरमा वृद्धि र जन्मदरमा कमी



कोलम्बो, वैशाख १७ । श्रीलङ्का रजिस्ट्रार जनरल विभागका एक वरिष्ठ अधिकारीले श्रीलङ्कामा सन् २०२० देखि वार्षिक जन्मदरमा उल्लेखनीय गिरावट आएको र वार्षिक मृत्युदर बढेको बताएका छन् ।

वरिष्ठ डेपुटी रजिस्ट्रार जनरल, महान्यायाधिवक्ता लक्षिका गणपोलाले सन् २०२० अघि वार्षिक जन्मदर तीन लाख २५ हजार रहेको तर हाल सन् २०२३ मा घटेर दुई लाख ८० हजार पुगेको जानकारी दिए।

उनले वार्षिक मृत्यु बढेर एक लाख ८० हजार पुगेको बताए । सन् २०२० अघि यो सङ्ख्या एक लाख ४० हजार थियो । यो प्रवृत्तिले श्रीलङ्काको जनसङ्ख्या वृद्धिमा प्रतिकूल असर पार्ने उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot