Logo

एकीकृत समाजवादीका दुबै क्षेत्रका उम्मेदवारको धरौटी जफत



काठमाडौं, वैशाख १८ । वैशाख १५ गते इलाम २ र बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा दुवै क्षेत्रमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेपछि एकीकृत समाजवादीका दुबै क्षेत्रका उम्मेदवारको धरौटी जफत भएको हो ।

जसअनुसार इलाम २ मा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले मात्र ४०८ मत पाए । यस्तै बझाङमा दिलबहादुर सिंहले पनि २ हजार ५१४ मत पाए । दुबै क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारले जित हात पारेका छन् ।

गएको २०७९ को निर्वाचनमा एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन सकेको थिएन। प्रत्यक्षतर्फ भने दलीय तालमेलका आधारमा संघमा १० सिट जितेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot