Logo

बर्दिया पुगेर शंकर पोख्रेलको टिप्पणी : रेशम चौधरीको जातीय राजनीति पनि सकियो



काठमाडौं, १८ बैशाख । नेकपा (एमाले) का महसाचिव शंकर पोख्रेलले रेशम चौधरीको जातीय राजनीति अब सकिएको बताएका छन् । पार्टीको बर्दिया जिल्ला अधिवेशन उद्घाटन गर्न बर्दिया पुगेका महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

सो क्रममा उनले उपनिर्वाचनको परीणामले मुलुकमा नयाँ राजनीतिक ध्रुवीकरण बनाउनुपर्ने सन्देश प्राप्त भएको बताए । उनले एमाले र माओवादीबीच ध्रुवीकरण गर्नसकिने संकेत गरेका छन् । उनले भने,‘अब एमालेको नेतृत्वमा बलियो राजनीतिक शक्ति निर्माणको आवश्यकत्ता देखिएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot