Logo

गोंगबुमा बनेको नयाँ पार्कको उद्घाटन (तस्विरहरु)



काठमाडौं, वैशाख २० । गोंगबु आवास क्षेत्र सुधार समितिको पहल र काठमाडौं महानगरपालिकाको सहयोगमा निर्माण भएको पार्कको उद्घाटन गरिएको छ । समिति अध्यक्ष पाण्डवकुमार श्रेष्ठको अध्यक्षतामा एक समारोहकाबीच काठमाडौं–२६ का वडा अध्यक्ष ख्याम तिवारीले उक्त नवनिर्मित पार्कको उद्घाटन गरेका हुन् ।

समारोहमा विशेष अतिथिका रूपमा नगर विकासका योजना प्रमुख प्रकाश ढुंगाना र वडासदस्य प्रवेश श्रेष्ठ, गोंगबु आवास समितिका निवर्तमान अध्यक्ष तथा क्लबका अध्यक्ष महेश्वरकुमार श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा गोंगबु आवास समितिका संस्थापक अध्यक्ष हरि कर्माचार्य लगायत पूर्वअध्यक्षहरूको उपस्थिति थियो । झण्डै एकहजार टोलबसीको उपस्थितिमा भएको कार्यक्रममा शिलालेख र यस कार्यकालको समिति सदस्यहरूको नामसमेत उल्लेख गरिएको शिलालेख वडाअध्यक्ष तिवारीबाट उद्घाटन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot