Logo

वेस्ट इन्डिज ‘ए’ विरुद्ध प्रतिशले दिलाए नेपाललाई पहिलो सफलता



काठमाडौं, वैशाख २० । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच टी–२० सिरिजको चौथो खेल जारी छ। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरिरहेको वेष्ट इन्डिजले पहिलो विकेट गुमाएको छ ।

खेलको १।१ ओभरमा प्रतिश जीसीको बलमा ओपनर एलिक एथानाजे आउट भएका छन् । उनी ५ रन जोड्दै आउट भए ।

सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ए २-१ ले अगाडि रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot