काठमाडौं, २३ बैशाख । एकदिने भ्रमण सकेर जापानकी विदेशमन्त्री खामीखावा योको स्वदेश फर्किएकी छिन् । विदेशमन्त्री योकोलाई परराष्ट मन्त्रालयकी सचिव सेवा लम्सालले विमानस्थलमा विदाई गरेकी हुन् ।
काठमाडौं ओर्लिनेबित्तिकै वसन्तपुर क्षेत्रको अवलोकनमा निस्किएकी विदेशमन्त्री योकोले समकक्षी नारायणकाजी श्रेष्ठदेखि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी हुन् ।
यस्तै, उनले काठमाडौंको जमलमा रहेको मण्डला बुक प्वाइन्टमा पुगेर पुस्तकसमेत खरिद गरेकी थिईन् । उनी नेपाल एयरलाईन्समार्फत जापान फर्किएकी हुन् ।
H.E. Foreign Minister of Japan Ms. KAMIKAWA Yoko departed from Kathmandu concluding her one-day official visit to Nepal successfully. Foreign Secretary Ms. Sewa Lamsal bade farewell to H.E. Ms. KAMIKAWA at the VIP Lounge in Tribhuvan International Airport, Kathmandu. pic.twitter.com/siXUMqWn4f
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) May 5, 2024