Logo

बैंकिङ लुट र ठगीविरुद्ध कोशी प्रदेशमा आन्दोलन गर्ने आजपाको घोषणा



काठमाडौं, २५ बैशाख । प्रभु साह नेतृत्वको आम जनता पार्टीले लघुवित्त र बैंक पीडितहरुको बहृत्त भेला गरेको छ । मोरङको उर्लाबारीमा भएको बहृत्त भेलाले बैंकिङ लुट र ठगीविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले देशव्यापी रुपमा पीडितहरु दिनानुदिन झनै पीडित बनेको भन्दै आन्दोलनको विकल्प नभएको निश्कर्ष निकालेको हो ।

थापाले मुलुक आर्थिक रुपमा संकटग्रस्त रहेको भन्दै पीडितहरुलाई राहत दिनेगरि सरकार अघि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको आरोप लगाए । उनले आफूहरुले जनताको पक्षमा आवाज बुलन्द बनाएको र अब सुरु हुने आन्दोलनले एउटा समाधान दिनेपनि विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot