Logo

कोशीको मुख्यमन्त्रीमा कार्कीलाई समर्थन गर्ने सांसदलाई सनाखतका लागि बोलाए प्रदेश प्रमुखले



काठमाडौं,२७ वैशाख । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न हिक्मत कार्कीलाई समर्थन गर्ने ५२ जना सांसदलाई प्रदेश प्रमुख परशुराम खापुङले सनाखतका लागि बोलाएका छन् ।

नेकपा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा ५२ जना सांसदहरूको हस्ताक्षर बुझाएका थिए। ती सांसदहरूलाई खनाखतका लागि प्रदेश प्रमुखले बोलाएका हुन्।

कार्कीलाई एमाले र माओवादीका ५२ जनाले समर्थन गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरेका थिए । 



प्रतिक्रिया दिनुहोस्

Screenshot