Logo

सरकारले जेठ १ गते नीति तथा कार्यक्रम ल्याउने



काठमाडौं, २७ वैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं रेखा शर्माका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न समय दिएको र सोहीअनुसार निर्णय भएको हो ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot