Logo

यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण पाँच निर्णयहरु



काठमाडौं, २७ वैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते संसद्मा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दिएको समयअनुसार आज बसकेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । साथै, आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नायव महानिरीक्षद्वय उमेशराज जोशी र भीमप्रसाद ढकालाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरुः

  • गृह मन्त्रालयको प्रस्तावमा प्रहरी नायव महानिरीक्षकहरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने र पदस्थापना गर्ने,
  • युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराते, तोकान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदकप्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्म ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने
  • समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने ।
  • भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने ।
  • सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १ गते प्रस्तुत गर्ने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot