काठमाडौं, वैशाख ३० । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुने छ ।
पार्टीको केन्द्रीय कार्यालयमा शनिबारदेखि सुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले बैठक आज पनि बस्न लागेको हो । स्थायी कमिटी बैठक सकिएलगत्तै आइतबार साँझ पोलिटब्यूरो बैठक समेत बोलाइएको छ । बैठकले केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने जनाइएको छ ।
हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राखेका थिए । त्यस्तै पार्टी महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारीसहितका एजेण्डाबारे जानकारी गराएका थिए ।