काठमाडौं, १ जेठ । सहकारी ठग जीबी राईलाई नेपाल झिकाउनको लागि सरकार कम्मर कसेर लागेको छ। सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्षसमेत रहेका जीबी अरबौं ठगेर भागेका छन् । उनी अहिलेपनि प्रहरीको मोस्ट वान्टेड सूचीमा छन् । नेपाल प्रहरीले राईको राहदानी रद्द गर्न पत्राचार गरेको छ ।
राईविरुद्ध इन्टरपोलबाट डिफ्युजन र रेड नोटिश जारी भएको चार महिना भइसक्दापनि उनी अझैसम्म पक्राउ परेका छैनन् । यसले प्रहरी संगठनमाथि नै प्रश्न उठेको छ । तर, प्रहरीले भने जीबी भागेर मलेसिया पुगेको दाबी गर्दै आएको छ ।
जीबीको ठगी प्रकरणमा अहिलेका गृहमन्त्री रवि लामिछानेको पनि नाम मुछिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामिछानेको ठगीमा प्रत्यक्ष संलग्न रहेको दाबी गरेको छ । file photo