काठमाडौं, जेठ २ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विगतका योजना असफल भएकाले आउँदो १६ औँ योजना पनि असफल हुने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले आउँदो योजनालाई सफल बनाउन सुझाव पनि दिएका छन् । ‘पुरानै असफल कार्यक्रमको सँगालोको निरन्तरताले कतै फेरि सोह्रौँ योजना वर्ष पनि खेर जाने त हैन ? शंका बढ्यो । अझै समय छ, सुधारौँ, नयाँपनमा जाऔँ ।,’ कोइरालाले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले नयाँ पञ्चवर्षीय योजनाको आधार वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा विकासको गति बढाउने कार्यक्रम अपेक्षित रहेको पनि उल्लेख गरेका छन् । कोइरालाले योजनालाई नयाँपन दिनसमेत सुझाव दिएका छन् ।