Logo

कांग्रेससँग मुठभेडमा उत्रिने ओलीको संकेत, कांग्रेसले घरबाट ल्याएको संसद हो भन्दै गर्जिए ? (भिडिओसहित)



काठमाडौं, २ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् । पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले नेपालमा आफूहरुले लडेर लोकतन्त्र ल्याएको भन्दै एमालेको बारेमा बोल्दा विचार पुर्याउनको लागि कांग्रेसका नेताहरुलाई चेतावनी दिएका हुन् ।

उनले भने,‘जहाँसम्म गिरिबन्धु टि स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विघाह, एक पटक १९ विघा कमिशन खाएर सट्टापटट गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ । त्यही टि स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेशबमोजिम ऐन बनाएका हौं । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।’

उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गरेका छन् । उनले कांग्रेसले पाखुरा देखाएको र मसलको राजनीति गरेको भरमा आफूहरु नलतिर्ने चेतावनी दिए । उनले रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने पहिलो शर्त रहेको बताए । उनले कांग्रेसले आरोप लगाईरहने र बकवास गरिरहने अनि आरोपितले बोल्न नपाउने भन्ने हुन्छ ? भन्दै प्रश्न गरे ।

कांग्रेसप्रति निकै आक्रामक देखिएको ओलीले सनकको भरको पछि लागेर सदन अवरोध गर्न नदिईने चेतावनी दिए । उनले भने,‘सनकको पछि लागेर संसदीय छानबिन समिति बन्दैन् । कांग्रेसको घरबाट ल्याएको संसद हो र यो ? उसलाई जसो मन लाग्छ, त्यसै हुन्छ र ? कांग्रेसलाई नारा लगाउन आउने अनि अरुलाई नआउने भन्ने हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्