Logo

गिरिबन्धुको टि–स्टेट प्रकरणमा ओलीले लगाएको आरोपबारे बोले देउवा : उहाँले आफूले गरेको कुरा गरेको भन्दा के आपत्ति छ र ? (भिडिओसहित)



काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि–स्टेटको बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपबारे खण्डन गरेका छन् । हिजोको संसदीय दलको बैठकको क्रममा एमाले अध्यक्ष ओलीले गिरिबन्धु टि–स्टेटमा एकपटक ५१ र अर्कोपटक १९ विघा जग्गा सट्टापट्टा गर्न दिएर कांग्रेसले भ्रष्टाचार गरेको तर आफूले ऐन बनाएर काम गरेको दाबी गरेका थिए ।

ओलीको आरोपबारे देउवाले फर्काएका हुन् । प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै देउवाले भने–‘केपी ओलीजीले गिरिबन्धु टि स्टेटका सम्बन्धमा अदालतको निर्णयपछि बोलेको भन्ने कुरा आएको छ, गिरिबन्धुको कुरा कांग्रेसको पालामा भएको भन्नुभएछ । आफूले निर्णय गर्नुहुन्छ अनि कांग्रेसको पालामा भयो भन्नुहुन्छ । यस्तो कुरा उहाँजस्तो नेताले भन्न सुहाउँदैन् । आफूले गरेको कुरा गरेको भन्न के आपत्ति छ र ?’

अदालतले ओलीले गरेको भनेको तर ओलीले कांग्रेसको पालामा भएको भनेर भनेको भन्दै देउवा आक्रोशित बनेका हुन् । उनले भने,‘यस्तो कुरा उहाँले बोल्नुभयो, नेताजस्तो मान्छेले यस्तो कुरा बोल्नुहुँदैन् थियो भन्ने मेरो धारणा छ ।’

Photo & Video Source: Sarokar Television HD



प्रतिक्रिया दिनुहोस्