Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं, जेठ ४ । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ । संसदीय कार्यसमितिको बैठक अहिले बिहान ८ः३० बजे र संसदीय दलको बैठक ९ बजे संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति माग गरिरहेको छ । तर, सरकार तयार नभएपछि संसद प्रभावकारी रुपमा सञ्चालन हुनसकेको छैन ।

सत्ता पक्ष र प्रतिपक्षको अडान यथावत भएपछि संसदमै मुडभेडको अवस्था सृजना भएको छ । बिहीबार बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए ।

सदनमा हिजो प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा (एमाले) पनि रोष्टममा उत्रिएपछि सांसदहरूबीच धकेलाधकेल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्