Logo

भारत प्रशाशित काश्मिरमा संदिग्ध विद्रोहीद्वारा भाजपाका स्थानीय नेताको हत्या



नयाँदिल्ली, ६ जेठ । भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेतालाई गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले आइतबार जानकारी गराएका छन् ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का भारतको शोपियान जिल्लामा शनिबार साँझ गोली स्थानीय नेता एजाज अहमदमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

काश्मिरस्थित भाजपाको स्थानीय कार्यालयले अहमदको मृत्यु भएको पुष्टि गर्दै आक्रमणको विरोधमा प्रदर्शन गर्ने घोषणा गरेको छ ।

सोही दिन नजिकैको अनन्तनागमा सन्दिग्ध विद्रोहीको आक्रमणमा परी हिमालय क्षेत्रमा आएका दुई भारतीय पर्यटक पनि घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुरक्षा फौजले आसपासका क्षेत्रलाई घेराहाली छुट्टाछुट्टै घटनामा संलग्न आक्रमणकारीको खोजी गरिरहेको छ ।

सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मिर भारत र पाकिस्तानबीच विभाजित हुँदै आएको छ र दुवैले हिमालयक्षेत्रको पूर्ण दाबी गर्दै आएका छन् ।

भारतीय शासनको विरोध गर्ने विद्रोही समूहहरूले दशकौंदेखि भारत प्रशासित काश्मिरमा विद्रोह गर्दै आएका छन् । कतिपय समूहले आफ्नो क्षेत्रलाई पाकिस्तानमा विलयको मागसमेत गर्दै आएका छन् ।

भारतले विद्रोही लडाकुलाई पाकिस्तानले समर्थन गरेको आरोप लगाएको छ तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ ।

यस द्वन्द्वमा दशौं हजार सर्वसाधारण, सैनिक र लडाकूको मृत्यु भएको छ ।

सन् २०१९ मा मोदी सरकारले मुस्लिम बाहुल्य क्षेत्रको सीमित स्वायत्तता खारेज गरी नयाँ दिल्लीबाट प्रत्यक्ष शासनमा ल्याएपछि हिंसामा निकै कमी आएको छ ।

काश्मिरमा गत महिना भएको आम निर्वाचनमा मतदान सुरु भएयतो झडपका घटनाहरु भएको सुरक्षा बलल जनाएको छ ।

यसै महिनाको सुरुमा संदिग्ध विद्रोहीहरूले भारतीय वायु सेनाका एक सदस्यको हत्या गर्नुका साथै अन्य चार जना घाइते हुनेगरी आक्रमण गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot