Logo

गृहमन्त्री लामिछानेको नाम किटान गरेर कार्यदेश बनाउने कुरामा सहमति हुँदैन् : महेश बर्तौला (भिडिओसहित)



काठमाडौं, ६ जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको टिओआर बनाउँदा गृहमन्त्री रवि लामिछानेको नाम किटान नहुने बताएका छन् ।

कार्यदलको सिंहदरबारमा बसेको बैठकमा लामो समयसम्म छलफल भएपनि कांग्रेसले माग गरेबमोजिम गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्न आफूहरु सहमत नभएको स्पष्ट पारे । उनले त्यसरी नाम उल्लेख गर्दा गलत नजिर स्थापित हुने टिप्पणी गरे ।

उनले मुलुकमा अहिले दुई÷चार वटामात्रै सहकारीको मात्रै समस्या नभएकोले सबै सहकारीको समस्याबारे छानबिन हुनुपर्ने आफूहरुको अडान रहेको सुनाए । उनले नेपाल सरकारबाट संकटग्रस्त घोषणा भएका सबै सहकारीको छानबिन गर्नको लागि टिओआर बनाउने प्रस्ताव गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्