Logo

विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीको बधाई



काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन् । संघीय संसद् भवनमा दुई नेताबीच बधाई साटासाट भएको हो ।

एमाले, माओवादी केन्द्र, रास्वपपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी प्रधानमन्त्री दाहालको पक्षमा उभिएका छन् । प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको पक्षमा १५७ मत प्राप्त भएको छ । नेपाली कांग्रेसको अवरोधको बावजुद प्रधानमन्त्री दाहालले सदनमा विश्वासको मत लिएका हुन् ।

तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय



प्रतिक्रिया दिनुहोस्