Logo

कार्यदलको बैठक बस्दै, कार्यविधिमा सहमति आज पनि संसद् अवरुद्ध हुने



काठमाडौं, जेठ ११ । सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि बस्दै छ। बैठक अहिले विहान ८ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्दैछ । यसअघि बिहीवार बसेको बैठकमा पनि कार्यविधिमा सहमति हुन नसके पछि आज पुनः बैठक बस्न लागेको हो।

सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन सत्ता र प्रतिपक्ष सहमत भए पनि त्यसको कार्यविधिमा सहमति जुट्न नसके पछि पछिल्लो बैठकहरू निस्कर्षबिहीन बन्दै आएका छन् ।

संसदीय छानबिन समितिको कार्यविधिमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद देखिएको छ। प्रतिपक्षी नेपाली कांग्रेस गृहमन्त्री लामिछानेसमेत समेटिने गरी कार्यविधि बनाउनुपर्ने पक्षमा छ भने सत्ता पक्ष गृहमन्त्रीको नाम कार्यविधिमा उल्लेख गर्न तयार देखिएको छैन।

छानबिन कार्यविधिमा लामिछानेको नाम राखिए उनले गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने र उनले राजीनामा दिए सरकार अप्ठेरोमा पर्ने सम्भावना देखिएपछि सत्ता पक्ष कांग्रेसको मागमा सहमत हुन सकेको छैन् । गत आइतबार पनि यही विषयमा विवाद हुँदा कार्यदलको बैठक निष्कर्षविहीन भएको थियो । संसदीय समिति गठन र त्यसको कार्यविधिमा सहमति नभए कांग्रेसले आज पनि संसद् बैठक अवरुद्ध गर्ने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot