Logo

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता



काठमाडौं, जेठ ११ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट पुगेका हुन् ।

सो भेटमा राष्ट्रपति पौडेलले जारी संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसद्‌मा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्