Logo

सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै



काठमाडौं, जेठ ११ । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज म्याद गप गर्न धनुषा जिल्ला अदालतमा लगिदै छ । सिरोहियालाई म्याद थप गर्नका अहिले विहान साढे १० बजे धनुषा जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सिरोहिमामाथीको अनुसन्धान नसकिएकोले उनलाई म्याद थप गर्न अदालत लगिन लागेको हो। यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंबाट नागरिकता प्रकरणमा पक्राउ गरी धनुषा लगेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot