Logo

सिरोहियाको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना



काठमाडौं, जेठ १२ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि सिरोहियालाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो । उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि उनलाई गयराति अस्पताल पुर्‍याइएको बताइएको छ ।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएका सिरोहियालाई प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएपछि काव्या अस्पतालमा सारिएको छ ।

शुक्रबारमात्रै दोस्रोपटक जिल्ला अदालत धनुषाले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । नागरिकता सम्बन्धी कसुरमा प्रहरीले सिरोहियालाई गत मंगलबार काठमाडौंस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot