Logo

कांग्रेसको विरोध कर्मकाण्डी र औचित्यहीन छ, म खेद प्रकट गर्दछु : डा. वाग्ले (भिडिओसहित)



काठमाडौं, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको सदन अवरोधप्रति खेद प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने,‘‘यो असहज वातावरणमा यसरी यो गरिमामय संसद्मा उभिएर बोल्नुपर्ला भन्ने मलाई लागेको थिएन । ६५ वर्षअघि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर हामी सबैका प्रेरणा अनि मेरा त राजनीतिक आदर्श विपी कोइरालाले ६५ वर्षअघि स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पुर्याउनको लागि यो लज्जास्पद र औचित्यहिन विरोधप्रति मेरो घोर खेद छ । यो संसद्को ओझ र गरिमा अनि संसद्को उपदेयतालाई असान्दर्भिक बनाउने कदमप्रति मेरो आपत्ति छ । ७४ लाख वचतकर्तालाई ध्यानमा राखेर समाधानन्मुख हुनुपर्छ । व्यक्तिकेन्द्रित भएर खराब बनाउनेतर्फ जानुहुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot