Logo

राजकोट आगलागी : मालिक र व्यवस्थापक सोधपुछका लागि प्रहरी नियन्त्रणमा



नयाँदिल्ली, १३ जेठ । भारतको गुजरात राज्यको राजधानी राजकोटस्थित बालबालिका खेल्ने (टीआरपी गेम जोन) स्थलमा शनिबार भएको भीषण आगलागीमा परी बालबालिकासहित २७ जनाको मृत्यु भएको घटनाबारे सोधपुछका लागि राजकोटस्थित संस्थाका मालिकसहित व्यपस्थापकलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।

अधिकारीहरूका अनुसारशनिबार अपरान्ह् ४ः३० बजेतिर आगलागी भएको थियो ।

राजकोटका प्रहरी आयुक्त राजु भार्गवले घटनाबारे जानकारी दिँदै भने, “आगलागीबारे प्रहरी अनुसन्धान तथा कारबाही सुरू भएको छ । ‘टीआरपी गेम जोन’का मालिक र व्यवस्थापकलाई सोधपुछका लागि प्रहरी नियन्त्रणमा लिएको छ ।

यसैबीच, गुजरातका प्रहरी महानिर्देशकले राज्यका सबै गेम जोनहरूको निरीक्षण गर्न र आगलागीबाट हुनसक्ने सुरक्षाका लागि अनुमति बिना चलिरहेका गेम जोनहरू बन्द गर्न प्रहरी आयुक्तहरू र जिल्ला प्रहरी उपरीक्षकहरूलाई निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षकले नगरपालिका र नगरपालिकाका दमकल अधिकृत र स्थानीय प्रणालीसँग समन्वय गरी यो प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।

राजकोटको गेम जोनमा भएको आगलागीको घटनापछि यस्तो निर्देशन जारी गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot