Logo

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै



काठमाडौं, जेठ १४ । आर्थिक वर्ष २०८१/८२ लागि बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत हुँदैछ । जेठ १४ गते सोमबार बस्ने प्रदेश सभा बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot