Logo

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाईयो गणतन्त्र दिवस (फोटोफिचर)



काठमाडौं, जेठ १५ । आज १७औँ गणतन्त्र दिवस । गणतन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा राष्ट्र प्रमुखहरु सरिक भएका छन् । मंगलबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसमाभा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, संवैधानिक निकायका प्रमुखहरू, मन्त्रीहरू लगायत उच्चपदस्त व्यक्तिहरूको उपस्थिति भएका छन् ।

सैनिक मञ्चमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न कला कौशल देखाएका छन्। नेपाली सेनाको हेलिकोप्टरबाट पृष्पवृष्टिसहित शुभारम्भ भएको सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका थियो । जननिर्वाचित पहिलो संविधानसभाबाट विसं. २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ। जनताको बलिदानीपूर्ण सङ्घर्षको फलस्वरुप २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य भई गणतन्त्रको घोषणा भएको थियो ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्