Logo

कान्तिपुरका मालिक कैलाश सिरोहियालाई हेलिकप्टरबाट थप उपचारको लागि नेपाल मेडिसिटी अस्पतालमा ल्याईयो



काठमाडौं, १५ जेठ । कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहियालाई काठमाडौं ल्याईएको छ । नागरिकता किर्ते कसुरमा उनी काठमाडौंस्थित् कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ परेका थिए । उनलाई काठमाडौंबाट पक्राउ गरी धनुषा लगिएको थियो ।

अदालतले पटक पटक म्याद थपेर प्रहरीलाई अनुसन्धानको लागि अनुमति दिँदै आएको छ । तर, सिरोहियाको स्वास्थ्यामा गम्भीर समस्या आएपछि उनी जनकपुरमा रहेको सुविधासम्पन्न काव्या हस्पिटलमा भर्ना भएका थिए ।

तर, सिरोहियाको उपचारमा संलग्न चिकित्सकहरुले थप उपचारको लागि काठमाडौं जान रिफर गरेपछि सिरोहियालाई आज हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको हो । उनलाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिने भएको छ । अहिले उनलाई उच्च रक्तचाप र मुटु रोगले चापेको छ । file photo



प्रतिक्रिया दिनुहोस्