Logo

सगरमाथामा मानव पाइला पुगेको घोषणा बेलायतबाट, नेपालीले पाँच दिनपछि चाल पाएको त्यो दिन



आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस । विश्वको सर्वाेच्व शिखर सगरमाथामा सर्वप्रथम सन् १९५३ मे २९ तारिख अर्थात ७१ वर्ष अघि आजकै दिन बिहान ११ बजेर १५ मिनेटमा पहिलो मानव पाइला पुगेको थियो । नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारी पहिलो पटक सगरमाथामाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए ।

तर, नेपालमा सगरमाथा आरोहणको कसैले सुइँकोसम्म पाएनन् । संसारकै अप्ठेरोबाटो छिचोल्दै सगरगमाथाको चुचुरोमा पहिलो मानव पाइला पुगेको खवर नेपालीले भन्दा पहिले बेलायती नागरिकले पाएका थिए । नेपालमा सगरमाथा आरोहण भएको पाँच दिनपछि सन् १९५३ जुन २ तारिखमा बेलायती महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेकको अवसरमा त्यो खबर बेलायतबाट सार्वजनिक गरिएको थियो ।

नेपालमा त्यसको भोली पल्ट सन् सन् १९५३ जुन ३ तारिखका दिन गोरखापत्रमा उक्त खवर छापिएको थियो । सगरमाथा आरोहणको खवरले विश्वभर नै ठूलो चर्चा सँगै नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति पायो । आरोही हिलारीको सन् २००८ जनवरी ११ र नोर्गेको सन् १९८६ मे ९ तारिखमा निधन भएको थियो ।

सन् साहसी आरोही हिलारीको निधन भएको सन्दर्भ पारेर नेपालमा सन् २००८ देखि सगरमाथा दिवस मनाउन थालिएको हो ।
तेन्जिङ नोर्गे र सर एड्मन्ड हिलारीले सगरमाथामा पहिलो मानव पाइला राखेको दिनको सम्झनामा आज १७ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७१ वर्षगाँठ मनाइँदै छ । यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालको पहिचान र गौरव भन्ने नाराका साथ दिवस मनाउन लागेको छ।

सगरमाथा आरोहणको सात दशक लामो यात्रामा सन् २०२२ सम्म सात हजार २२६ स्वदेशी तथा विदेशी पर्वतारोहीले सगरमाथा चढेर साहसिक विजययात्रा पूरा गरिसकेका छन् । जसमध्ये ५१९ जना महिला रहेका छन् । आरोहणको क्रममा तीन सय बढीको निधन भएको छ ।



प्रतिक्रिया दिनुहोस्