Logo

कांग्रेसले एमालेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै हिँडेको छ : शंकर पोखरेल



काठमाडौं, १६ जेठ । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेलाई नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दै हिडेको खुलासा गरेका छन् । एमलो सुनसरीको आठौ जिल्ला अधिबेशनबाट नवनिर्वाचित कमिटीको सपथ ग्रहण कार्यक्रमलाई हिजो (मंगलबार) सम्वोधन गर्दै महासचिव पोखरेलले उक्त प्रस्तावको खुलासा गरेका हुन् ।

एमालेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गर्दै हिडेको भएपनि अहिलेको सत्ता समीकरणले मिसन–२०८४ सम्मै निरन्तरता पाउने उनको भनाई थियो । वर्तमान सत्ता समीकरणमा नेकपा (एमाले) प्रमुख र ठूलो दल रहे पनि सरकारमा एमालेले मन्त्रालयहरू रोज्ने काम नगरेको सन्दर्भ जोड्दै कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव अगाडि सार्ने गरेको बताउँदै महासचिव पोखरेलले एमालेका लागि प्रधानमन्त्री र मन्त्रालय प्राथमिकताको बिषय नभएको प्रष्ट पारे ।

उनले भनेका थिए,‘त्यति थोरै मन्त्रालय लिनुभन्दा त बरु प्रधानमन्त्री नै लिनोस् न भन्दै काँग्रेस अफर गर्दै हिडेको छ तर एमालेको मिसन मन्त्रालय र प्रधानमन्त्री नभई मिसन–२०८४ हो ।’ उनले मिसन–२०८४ पूरा गर्न पार्टीविरुद्धको घेराबन्दी तोडेर नयाँ समीकरण बनाएको बताए । file photo



प्रतिक्रिया दिनुहोस्