![](https://reportersnepal.com/wp-content/uploads/2023/06/bagmati-pradesh-shabha_20200525041022_XsvR04DOG5-768x412.jpg)
मकवानपुर, १६ जेठ । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।
बैठक अपरान्ह ३ः३० बजे प्रदेशसभा सचिवालयको भवनमा बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम यही जेठ १४ गते बसेको प्रदेशसभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए । रासस