Logo

विभिन्न दल परित्याग गरी आजपामा प्रवेश गर्नेहरुको लहर, बारामा आज सयौं जना एकैदिन प्रवेश



काठमाडौं, १७ जेठ । प्रभु साह नेतृत्वको आम जनता पार्टी प्रवेश गर्नेहरुको लहर चलेको छ । आज (बिहीबार) बाराको बारागढी गाऊपालिका–४ सुखीपथरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा आजपा प्रवेश गर्नेहरुको लहर चलेको छ ।

सो क्षेत्रका प्रतिष्ठित समाजसेवी सियाराम साहको अगुवाईमा कांग्रेस, एमाले, माओवादी, लोसपासहितका विभिन्न दल त्यागेर सयौैं नेता तथा कार्यकर्ता आफू नेतृत्वको दलमा प्रवेश गरेको आजपाका अध्यक्ष साहले जानकारी दिए । उनले आजपा प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिने भन्दै राजनीतिक उज्जवल भविष्यको कामनासमेत गरेका छन् ।

तराई/मधेशमा यतिवेला गर्मी बढेको छ । गर्मीको समेत प्रवाह नगरी सयौंको संख्यामा विभिन्न दलका नेताहरु आज आजपा प्रवेश गरेका हुन् । उनीहरुले अन्य दलका नेतृत्वहरु पदको लोभमा पर्दा मधेश उजाड परेको भन्दै अब प्रभु साहको विकल्प नभएको धारणा राखेका थिए ।

साहले अहिले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र हाबी भएको भन्दै त्यसको विकल्प खोज्नको लागि आफूहरु सक्रियताका साथ लागिपरेको टिप्पणी गरे । उनले दलतन्त्रको विकल्प खोज्नुपर्ने बेला आइसकेको पनि सुनाए ।

देश ठूला दलका ठूला नेताहरुको सिण्डिकेटका कारण बन्धक बनेको भन्दै त्यसबाट मुक्ति दिलाउनको लागि व्यवस्था परिवर्तनको आन्दोलन छेड्ने बेला आएको पनि उनले औंल्याए । उनले आफूहरुकै नेतृत्वमा देशमा तेस्रो जनआन्दोलन हुनेपनि घोषणा गरे ।



प्रतिक्रिया दिनुहोस्