Logo

यी ६ कारणले रहस्यमयकै गर्भमा तुहियो ‘राजदरबार हत्याकाण्ड’



काठमाडौं, जेठ १९ जेठ । दरबारको पर्खाल, सेनाको पहरा र आफन्तको घेराभित्रै लोकप्रिय राजा वीरेन्द्रको वंशनाश गरिएको आज २३ वर्ष बितिसकेको छ । दुई दशकसम्म अनुत्तरित प्रश्न छ, कहालीलाग्दो राजदरबार हत्याकाण्डको ‘ग्य्रान्ड डिजाइन’ कसको हो? भन्ने प्रश्न सबैतिर तेर्सिएका छन् । उच्चित छानविनको अभाव र प्रमाणहरु नष्ट गरिदिनाले कसले हत्या ग¥यो भन्नेकुरा अझै रहस्यमयी नै छ । यो हत्याकाण्ड अझै रहस्यकै गर्भमा रहने र यसको अनुसन्धान होला भन्ने नेपालीमा फिटिक्कै आसा समेत मरिसकेको छ ।

२०५८ जेठ १९ गते मध्यरातमा भएको अकल्पनीय राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतीसहित राजपरिवारका १० सदस्यको सामूहिक हत्या भएको थियो । हत्याकाण्ड लगत्तै तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनामा हत्या गरिएका तत्कालीन युवराज दीपेन्द्रको हात रहेको औंल्याए पनि त्यसलाई स्वीकार गरिसकिएको छैन ।

राजदरबार हत्याकाण्डको पर्दाफास भन्दै विभिन्न समयमा अनगन्ती पुस्तकहरु पनि प्रकाशित भए तर ती सबै पुस्तकहरुमा रहस्य र अन्दाजका कुरामात्र बाहिर आएका छन् । त्यसवेलाका विभिन्न घटनाक्रमले यस हत्याकाण्डलाई रहस्यमयी वनाएको छ ।

गोलीकाण्डमा घाइते भई जीवनमरणको दोसाँघमा पुगेका देशका राजा, रानी, युवराज, अधिराजकुमार, अधिराजकुमारी आदिलाई दरबारबाट पाँच मिनेटको दूरीमा रहेको देशको सबैभन्दा ठूलो र साधनसम्पन्न वीर अस्पताल नलगी झण्डै आधा घण्टा टाडाको छाउनी सैनिक अस्पताल किन पुर्याइयो ? र, त्यो निर्णय र त्यसलाई कार्यान्वयन गर्ने आदेश रगतको आहालमा डुबेको दरबारभित्र कसले गर्यो ? टाउको, छाती जस्ता महत्त्वपूर्ण अङ्ग जोगिएको तर तिघ्रामा मात्र गोली लागी रक्तश्राव मात्र भइरहेकी अधिराजकुमारी श्रुतीलाई किन बचाउन सकेन सैनिक अस्पतालले ? आफ्नो नाम नदिईकन घटनाको लगत्तै सिएनएन, बिबिसीलाई जानकारी दिएर संसारभर खबर फैलाउने ती ‘एक उच्च सैनिक अघिकृत’ को थिए ? तिनको बारेमा नेपाली सेनाको प्रशासन जानकार थियो ?  यी ‘अकल्पनीय’ हत्याकाण्डका ‘अनुत्तरित’ प्रश्नहरु रहेका छन् ।

हत्याकाण्डमा मारिएका कसैको पनि पोष्टमार्टम नगरि हतार–हतार जलाईयो । यस कुराले संकालाई अझ प्रत्सय दिंदै गयो । यससँगै हत्याकाण्डको छानमिनकालागी गठित उच्चस्तरिय समितिलाई ७ दिनको मात्र समयसीमा तोकियो । जसलेगर्दा सही रुपमा अनुसंधान हुन सकेन ।

तीन सदस्यीय त्यस समितिमा तत्कालिन एमाले महासचिव माधवकुमार नेपाल बस्न मानेनन् । सुरुमै समिति अबैधानिक समेत भयो । हत्याकाण्ड भएको स्थल त्रिभूवन सदन हतार–हतार भत्काईयो । यस ब्यवहारलाई पनि संकास्पदरुपमा हेरियो । आखिर किन घटनाका प्रमाणहरु छोप्ने काम भए त?

हत्यामा धेरै किसिमका गोली चलेको छानमिन समितिले नै पुष्टि गरेको छ । तर गोली चलाउने ब्यक्ति भनेर एकजनालाई मात्र औंल्याईएको छ । यो कसरी संभव छ रु अर्को पक्ष, गोली चलाउने तत्कालिन युवराज दीपेन्द्र हो भनियो । तर, उनलाई चाहिं कस्ले र कसरी गोली हान्यो भन्ने प्रश्न पनि आजसम्म अनुत्तरित नै छ ।

तत्कालिन राजा वीरेन्द्रको बंश विनासपछि राजा भएका ज्ञानेन्द्र शाहले मृत्युभएकाहरुको सम्पत्ति आफ्नो नाममा हतार–हतार सार्नु र प्रजातन्त्र मास्दै शासनसत्ताको बागडोर सम्हाल्न हतार गर्नुलाई पनि सकारात्मक रुपमा हेरिएन । त्यसलाई कतिपयले दरबार हत्याकाण्डको शृङखलाकै रुपमा आजसम्म बुझिरहेका छन् ।

परिवारकी सदस्य प्रेक्षा शाह (धिरेन्द्र शाहकी पत्नी) को मृत्युपनि रहस्यमय ढंगले रारातालमा गराईएको आम संका सञ्चार भयो । यस घटनालाई पनि आम मानिसले दरबार हत्याकाण्डसँग नै जोडेर बुझिरहे । समग्रमा दरबार हत्याकाण्ड रहस्यमयी हुनुमा यसको उचित छानमिन हुन नसक्नु नै हो ।

छानबिनकालागी आवश्यक विषय र घटनाहरु नष्ट गर्न तत्कालिन दरबारको शक्ति नलागेको भए आजसम्म यस घटनाले यति धेरै चर्चा नपाउन सक्थ्यो । हत्याकाण्ड भएको त्रिभुवन सदन भत्काइसकेका छन् । युवराज दीपेन्द्र गोली लागी ढलेको पोखरी एकपटक पुरेर जीर्णोद्धार गरिएको छ । तर पनि भरपर्दो छानबिन भएमा दरबार हत्याकाण्डको सत्य अझै पनि उजागर हुन सक्छ । किनभने साक्षीहरु जिउँदै छन् ।

यी हुन् ६ कारण
१- दरबार हत्याकाण्डमा मारिएका कसैको पनि पोष्टमार्टम नगरि हतार–हतार जलाईयो ।
२- हत्याकाण्डको छानमिनकालागी गठित उच्चस्तरिय समितिलाई ७ दिनको मात्र समयसीमा तोक्दा सही अनुसंधान हुन सकेन ।

३- हत्याकाण्ड भएको स्थल त्रिभूवन सदन हतार–हतार भत्काईयो ।
४- हत्यामा धेरै किसिमका गोली चलेको छानमिन समितिले नै पुष्टि गरेको छ । तर गोली चलाउने ब्यक्ति भनेर एकजनालाई मात्र औंल्याईएको छ ।

५- तत्कालिन राजा वीरेन्द्रको बंश विनासपछि राजा भएका ज्ञानेन्द्र शाहले मृत्युभएकाहरुको सम्पत्ति आफ्नो नाममा हतार–हतार सार्नु र प्रजातन्त्र मास्दै शासनसत्ताको बागडोर सम्हाल्न हतार गर्नुलाई पनि सकारात्मक रुपमा हेरिएन ।
६- परिवारकी सदस्य प्रेक्षा शाह (धिरेन्द्र शाहकी पत्नी) को मृत्युपनि रहस्यमय ढंगले रारातालमा गराईएको आम संका सञ्चार भयो ।



प्रतिक्रिया दिनुहोस्