Logo

काठमाडौं महानगरले ‘टि ट्वान्टी विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने



काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाले टि ट्वान्टी विश्वकप खेलको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने भएको छ । टुँडिखेल, तीनकुने र हाँडीगाउँमा काठमाडौँ महानगरपालिकाले ‘टि ट्वान्टी विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने भएको हो ।

‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ । नेपाली समयअनुसार भोलि साँझ सवा नौ बजेदेखि खेल हुनेछ ।

यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot