Logo

टी-२० विश्वकपमा आज नेपालले नेदरल्याण्ड्सविरुद्ध खेल्दै, काठमाडौंका यी ठाउँमा निःशुल्क प्रत्यक्ष प्रदर्शन



काठमाडौं, जेठ २२ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकपमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्न लागेको हो ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेपाली समयनुसार आज राति ९ः१५ बजे सुरु हुनेछ । दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।

समूह डी मा यी दुई टोलीसँगै दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । यसअघि हिजो भएको खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै अफ्रिकाले २ अंक जोडेको छ ।

विश्वकप खेल्न अमेरिका पुगेको क्रिकेट टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले फोन गरेर उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन् ।

यता काठमाडौं महानगरपालिकाले टि ट्वान्टी विश्वकप खेलको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने भएको छ । महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस्