Logo

गृहमन्त्री लामिछानेलाई विश्वप्रकाशको प्रश्न : के तपाईं गिरिबन्धुको फाईल खोल्न तयार हुनुहुन्छ ? (भिडिओसहित)



काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेसमक्ष गिरिबन्धु टि–स्टेटको प्रकरणको फाईल खोल्न तयार हो ? भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै शर्माले यस्तो प्रश्न गरेका हुन् ।

उनले भने,‘कांग्रेसमाथि आरोप लगाउँदै गर्दा कांग्रेसलाई दण्डित गर्न के तपाईं गिरिबन्धुको फाईल खोल्न तयार हुनुहुन्छ ? सभामुख महोदय, खोल्न होइन बोल्न पनि नसक्ने अवस्थामा हुनुहुन्छ । बोल्न सक्ने भएको भए उहाँले शिक्षामन्त्रीविरुद्धको अभिव्यक्ति फिर्ता लिनुहोस सम्माननीय पूर्व प्रधानमन्त्रीज्यू भन्नुहुन्थ्यो ।’



प्रतिक्रिया दिनुहोस्