Logo

बङ्गलादेशको शरणार्थी शिविरमा आक्रमण हुदाँ तीन रोहिंग्याको मृत्यु



कक्सबजार (बङ्गलादेश), २९ जेठ । बङ्गलादेशको राहत शिविरहरूमा नियन्त्रणको लागि प्रतिस्पर्धा गरिरहेका प्रतिद्वन्द्वीहरुको सैन्य झडपमा कम्तीमा तीन रोहिंग्या शरणार्थीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ ।

बङ्गलादेशका १० लाख राज्यविहीन र उत्पीडित मुस्लिम अल्पसङ्ख्यकको बासस्थान हो जसमध्ये अधिकांश छिमेकी देश म्यानमामा सन् २०१७ को क्रूर सैन्य दमनपछि आएका थिए।

म्यानमाको गृहयुद्धमा लड्नका लागि शरणार्थीहरूलाई जबरजस्ती भर्ती गरेपछि यस वर्ष सशस्त्र समूहहरू बिच झडपहरू बढेका छन् । प्रहरीका अनुसार सोमबार कोक्स बजार जिल्लाको एउटा शिविरमा सुरक्षा गस्ती गरिरहेका शरणार्थीहरूको समूहलाई अराकान रोहिंग्या साल्भेशन आर्मी ९एआरएसए० का कम्तिमा १०० जना सदस्यहरूले आक्रमण गरेको हो ।

“उनीहरूले शिविर वरिपरिको काँडेतार काटेर शिविरको सुरक्षा गरिरहेका रोहिंग्याहरूमाथि आक्रमण गरे“, शिविरहरूमा सुरक्षा कायम गर्ने जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बटालियनका कमाण्डिङ अफिसर मोहम्मद इकबालले बताए ।

“उक्त आक्रमणमा तीन रोहिंग्या मारिनुका साथै सात जना घाइते भएका छन् भने घटनास्थलमा पुगेका प्रहरीहरुमाथि पनि पुलिस एआरएसएका सदस्यहरूले आक्रमण गरेका छन् । पीडितहरुलाई गोली हानेर छुरी प्रहार गरेर आक्रमण गरिएको हो “, उनले भने ।

शिविरमा रहेका रोहिंग्या समुदायका एक नेताले मारिएका तीन जना रोहिंग्या सोलिडेरिटी अर्गनाइजेशनका सदस्य रहेको बताएका छन् ।“शिविरमा दिनरात हत्या र बन्दुकको लडाइँ भइरहेको छ। एआरएसएले हिजो तिनजना आरएसओको हत्या गरेको थियो। यहाँ कुनै पनि रोहिंग्या सुरक्षित छैनन्। एआरएसए र आरएसओले रोहिंग्या शरणार्थीका लागि शिविरलाई नरक बनाएको छ “, उनले भने ।

प्रतिद्वन्द्वी रोहिंग्या समूहहरूले म्यानमामा लड्न युवा रोहिंग्या पुरुषहरूलाई जबरजस्ती भर्ती गर्न अभियान चलाएपछि अप्रिलदेखि शिविरहरूमा सुरक्षा बिग्रिएको छ।

गत महिना संयुक्त राष्ट्रका एजेन्सीहरूबीच प्रसारित र एएफपीले देखेको गोप्य प्रतिवेदन अनुसार लगभग १ हजार ५०० रोहिंग्याहरूलाई द्वन्द्वमा सामेल हुन शिविरहरूबाट निकालिएको छ ।

यस वर्ष प्रतिद्वन्द्वी उग्रवादी समूहहरू बिच शिविरमा भएको झडपमा कम्तीमा २० रोहिंग्या मारिएको राष्ट्रिय दैनिक प्रथम आलोले जनाएको छ । लगभग ६ लाख रोहिंग्याहरूको घर रहेको म्यानमाको रखाइन राज्यमा अझ बढी स्वायत्तता चाहेको भन्दै अराकान सेनासँग लड्नका लागि भर्तीहरूलाई सीमापार पठाइएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्