Logo

आईसीसी टी–२० विश्वकपः आज दुई खेल हुँदै



काठमाडौं, जेठ ३१ । जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदैछन् । समूह ‘सी’ अन्तर्गत वेष्ट इडिज र न्यूजील्याण्डबीच ट्रीनीडाडको ब्रायन लारा स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार विहान ६स १५ बजेदेखि सुरू हुनेछ ।

त्यस्तै समूह ‘डी’ अन्तर्गत बंगलादेश र नेदरल्याण्डसबीच सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति ८ः १५ बजेदेखि सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot