Logo

आज जेठ ३२ गते शुक्रवार, यस्तो छ आजको राशिफल



श्री शाके १९४६ । बि स २०८१ साल जेठ ३२ गते शु्क्रबार । इश्वी सन २०२४ जुन १४ तारीख । ज्येष्ठ शुक्लपक्ष अष्टमी तिथी पूर्वफाल्गुनी नक्षत्र सिद्धी योग भद्रा करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा सिद्धी योग कालयुक्त नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋृतु गोरखकालीपुजा, ,वायु अष्टमी, रक्तदाता दिवस (ज्यो.पं सरोज घिमिरे)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययन र लेखनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिउँसाेदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिएकाले सजग रहनुहाेला। प्रतिस्पर्धीहरूबाट पनि जाेगिएर काम लिनुपर्ने समय छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। दिउँसाेदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
सम्भावना देखिए पनि समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ। आफ्नो भाेगाधिकारमाथि अरूले राज गर्नेछन्। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। साथीभाइ र आफन्तकाे सहयाेग जुटाउन मुस्किल पर्नेछ। दिउँसाेदेखि आंशिक लाभ उठाउन सकिनेछ। समस्या दर्साउँदा नसाेचेका व्यक्तिले काममा साथ दिनेछन्। गाेपनीयतामा भने अलि सावधान रहनुहाेला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ काम थालनी गर्न बिहानीकाे समय उपयुक्त रहनेछ। आफन्त र साथीभाइकाे साथ पाइनाले साेचेकाे लाभ उठ्नेछ। ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। दिउँसोदेखि परिस्थिति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ। अवसरवादीहरूले दुःख दिन सक्छन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ काम थालनी गर्न सकिनेछ। आफन्त र साथीभाइकाे साथ पाइनाले साेचेकाे लाभ उठ्नेछ। ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ। आयस्रोत बढ्नेछ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। व्यापारमा पनि मनग्य फाइदा हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। अध्ययन र लेखनमा निखारता आउनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर लगानीमा धन बाहिरिने सम्भावना छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आवश्यक भौतिक साधन भने सजिलै जुट्नेछन्। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। प्रयत्न गर्दा काम भने बन्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि नयाँ कामकाे अवसर फेला पर्नेछ। तर, केही विवादास्पद कामकाे जिम्मेवारी लिनुपर्ने देखिन्छ। ईर्ष्या गर्नेहरूले भने आफ्ना कमजोरीबाट फाइदा उठाउने चेष्टा गर्नेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहने समय छ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले राम्रै उपलब्धि प्राप्त गर्न सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। धेरै आफन्तसँग सम्पर्क बढ्नेछ। तर विचार नमिल्नाले आफ्नैसँग वादविवाद हुन सक्छ। प्रेमको बन्धन कमजाेर बन्नेछ। व्यापारमा भने आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रनाले अलि दुःख पाइनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। मिहिनेतको फल अरूकै हातमा पर्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। तर, प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ। वादविवादबाट टाढा रहनुहोला। मध्याह्नपछि व्यापारको बहानामा यात्रा गर्ने साइत जुर्न सक्छ। किनमेलमा खर्च बढ्नेछ। बाेलीकाे लय खस्राे बन्ने हुँदा साथीभाइ टाढिन सक्छन्, सजग रहनुहाेला।



प्रतिक्रिया दिनुहोस्

Screenshot