Logo

मनसुन सुरु नहुँदै देशका विभिन्न स्थानमा पहिरो, तीन राजमार्ग अवरुद्ध



काठमाडौं, असार ४ । मनसुन सुरु नहुँदै देशका विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएका छन् । गएराती परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा विभिन्न स्थानमा पहिरो खस्दा अवरुद्ध भएको छ । विहानदेखी वर्षाका कारण पहिरोसँगै ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको हो । अबरुद्ध सडक खुलाउने प्रयास भईरहेको छ । केही स्थानमा खसेको पहिरोका कारण आज विहानदेखी पृथ्वी राजमार्गको मलेखु मौवाखोला खण्ड अवरुद्ध भएको हो ।

राजमार्गका ठाँउ ठाँउमा ठुलो ठुलो ढुङ्गा समेत खसेकोले हटाउन केही समय लाग्ने सडक विभागले जनाईएको छ । सडक अवरुद्ध भएका कारण लोमो तथा छोटो दुरीका सावरीका साधनहरु जाममा फसेका छन् । सडक विभागको डोजर नेपाल प्रहरीलगाएत सडक निर्माण कम्पनीको डोजर प्रयोग गरी सडक खुलाउने प्रयास जारी छ ।

त्यस्तै, सोमबार रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले जानकारी दिए। सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए।

सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन्। बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन्। डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ। यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो।


त्यस्तै, सडक माथिबाट पहिरो आएपछि साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ । सोमबार राती साँफेबगर नगरपालिका–१३ इग्रीखोला नजिक पहिरोले सडक अवरुद्ध भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

स्थानीय तहसँगको समन्वयमा अवरुद्ध भएको सडक खुलाउने पहल भइरहेको छ । सडक अवरुद्ध भए लगत्तै राती नै उक्त स्थानमा घुगुरकोट प्रहरी चौकीबाट प्रहरी खटिए पनि जेसिबीले पहिरो पन्छाउनु पर्ने भएकोले राती नै सम्भव नभएको बताइएको छ ।

सडक अवरुद्ध भएसँग बाजुरा जिल्ला जाने र बाजुराबाट अन्य जिल्ला जाने यातायात अवरुद्ध भएका छन् । बाजुराबाट बाहिरी जिल्ला जाने हरेक यातायातका साधन अछाम भएर जानुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot