Logo

विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना



रामपुर (पाल्पा), ५ असार । विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले यहाँका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ ।

रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । जेहेन्दार, विपन्न विद्याथीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न अक्षयकोष खडा गरिएको हो ।

रामपुर नगरपालिका क्षेत्रभित्रका रामतुलसी नमूना माध्यमिक विद्यालय, दरैठाँटी मावि र आधारभूत माविमा एक–एक लाखका दरले अक्षयकोष स्थापनाका निम्ति रकम प्रदान गरिएको दाता रामप्रसाद लम्सालले बताए । उनकी श्रीमती चुत्रकलाको जन्मजयन्तीमा ती विद्यालयका प्रधानाध्यापकलाई एक लाखका चेक हस्तान्तरण गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot