Logo

नेपालबाट ८०० केयर गिभर लैजाँदै इजरायल, यस्तो छ लोभलाग्दो मासिक तलब



काठमाण्डौं, असार १२ । नेपाली कामदारका लागि आकर्षक श्रम गन्तव्य देश इजरायलबाट आठ जना नेपाली कामदारको माग भएको छ । इजरायलले मासिक कम्तीमा दुई लाख रुपैयाँ तलब दिने गरी आठ सय नेपाली केयर गिभरको माग गरेको हो ।

वैैदेशिक रोजगार विभागले सोमबार सार्वजनिक गरेको सूचना अनुसार इजरायलले शुरुमा पाँच सय र त्यसपछि तीन सय नेपालीलाई इजरायलले केयर गिभरका रूपमा लैजाने छ । आठ सयमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट हुनेछन् । दुवै देशको सरकारीस्तरमा श्रम सम्झौता भएकाले इजरायलको रोजगारी सुरक्षित र आकर्षक मानिन्छ ।

इजरायलमा नेपाली केयर गिभरको तलब मासिक दुई लाख १० हजार छ भने करार अवधि एक वर्षको भए पनि थपेर पाँच वर्षसम्म बस्न पाइने हुन्छ । विभागले २१ दिनको समय दिएर सोमबार आवेदन खुला गरेको हो । दुई महिनाभित्र सबै प्रक्रिया पूरा गरी पठाउन सुरु गरिनेछ छ । केयर गिभरको रोजगारीमा जानका लागि नर्सिङसम्बन्धी आधारभूत कोर्स अनमी वा सीएमए गरेको हुनुपर्ने वा प्रमाणपत्र तह उत्तीर्ण गरी केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot